जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड
जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा व्यक्त गरे ।
पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले जलवायु परिवर्तन विश्वभरिका लागि ठूलो समस्या र मानव सभ्यताका लागि चुनौतीका रुपमा देखिएकाले यसको समाधानका लागि विकसित देशहरु अझ बढी चनाखो हुनुपर्ने बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राष्ट्रिय, प्रादेशिक, स्थानीय र समुदाय स्तरमा जागरुकता र क्रियाशीलता बढाउन तथा अनुकूलनका लागि पर्याप्त मात्रामा उपयुक्त प्रविधि प्रविधि प्रवद्र्धन तथा विकासमा ध्यान दिनुपर्छ भन्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले वन व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन तथा विकासलाई समावेश गरेको र सोको सफल कार्यान्वयनका लागि सरकार तथा निजी क्षेत्रको सामूहिक प्रयासमा जोड दिएको छ भन्नुभयोे । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले कोइला, पेट्रोल र डिजेलको बढ्दो खपतका कारण जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई कम गर्न नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयोे ।
जलवायु परिवर्तन विशेषज्ञ तथा विश्लेषक मञ्जित ढकालले कोप २६ ले विश्वव्यापी कार्यक्रमहरु अघि बढाउन कार्यदिशा प्रदान गरेको र सघन कार्यक्रम सञ्चालन गर्न आर्थिक र प्राविधिक क्षमता वृद्धिका लागि विभिन्न मञ्चहरुमा छलफल र संवाद हुने आशा व्यक्त गर्नुभयो । प्रकृति रिसोर्स सेन्टर नेपालका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले कोप २६ र अघिल्ला कोपहरुको उपलब्धि, विश्वस्तरका गतिविधिहरु र नेपालमा जलवायु परिवर्तन न्यूनीकरणका लािग भए गरिएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो । यसैगरी वन तथा वातावरण मन्त्रालयका उपसचिव मिलन ढुङ्गानाले सरकार एवं निजी क्षेत्रको सहभागितामा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएकोे जानकारी गराउनुभयोे ।
दी नेपाल विक्लीका सम्पादक शिरीषवल्लभ प्रधानले विकसित मुलुकमा समेत जलवायु परिवर्तनको असरस्वरुप ठूल्ठूला प्राकृतिक प्रकोप देखिन थालेकाले यसलाई कम गर्न मानवीय आचरण प्रकृतिमैत्री हुनुपर्ने, पृथ्वीमाथि अत्यधिक चाप पार्न नहुने र नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिनुभयो ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नाका लागि छलफल गर्न, कार्यनीति तय गर्र्न र कोष व्यवस्थापन गर्न राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी २६औँ विश्व सम्मेलन सम्पन्न भएको डेढ महिना पूरा भएको सन्दर्भमा सो अन्तरक्रिया गरिएको थियो । बेलायतको ग्लास्गोमा आयोजित उक्त सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको जलवायु परिवर्तनसँग जोडिएका विभिन्न समस्याबारे जानकारी गराउनु भएको थियो ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #दी नेपाल विक्ली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्