४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश

नेपालगञ्ज, १८ पुस । बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरी ४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
हिजो शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षितसहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराए ।
योसँगै संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताए । उनका अनुसार ४ हजार २४५ जना एमालेमा प्रवेश गरेका छन् ।
सो अवसरमा महासचिव पोखरेलले पार्टीविरुद्धको घेराबन्दी लामो समय टिक्न नसक्ने बताएका छन् । लुम्विनी प्रदेशको विकट क्षेत्रको रुपमा रहेको नरैनापुरमा पछिल्लो समय एकपछि अर्को गरी विकासका पूर्वाधार पुगेको भन्दै उनले यसको नेतृत्व आफ्नो पार्टी नेकपा एमालेले गरेको दाबी गरेका छन् ।
बाँके जिल्लामा मंसिर १ गते पशुपतिदयाल मिश्रको नेतृत्वमा ठूलो संख्यामा मधेसी समुदायमा मानिसको नेकपा एमालेमा प्रवेशसँगै बाँकेमा हालसम्म करिब दश हजारको हाराहारीमा नेकपा एमालेमा प्रवेश भएका छन् । नेकपा एमालेलाइ पहिले मधेस विरोधी पार्टीको रूपमा आरोप लगाए पनि पार्टीका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरेको सरकारले मधेसी समुदाय र मधेसका २२ जिल्लामा गरेको विकासले मधेसी समुदायको नेकपा एमालेमा प्रवेशमा लहरनै भएको छ ।
नेकपा एमालेमा नवप्रवेशी मिश्राका अनुसार बाँके जिल्लामा जुन प्रकारको गलत प्रचार गरिएको थियो क्रमिक रूपमा अन्त्य हुँदै गएको र मधेस एमाले चिन्दै छ भने एमाले सरकारमा गएको समयमा मधेसलाइ विकासको मुल थलो बनाएको कारण नेकपा एमालेमा प्रवेशको लहर बढेको उनको तर्क छ ।
बाँकेमा मधेसी मुुस्लिम समुदायको बाहुल्य रहेको जानकी गाउँपालिमा एमालेको नेतृत्व रहेको छ भने हाल नेकपा एमालेमा प्रवेशको लहर रहेका नेपालगञ्ज उपमहानरपालिकामा मिश्राको नेतृत्व ५ हजार भन्दा बढी नेकपा एमालेमा प्रवेश भएको छ ।
त्यस्तै डुडुवा गाउँपालिकामा मोहन मिश्रको नेतृत्वमा २ हजार ५०० जना र नरैनापुरमा रामकुमार दिक्षितको नेतृत्वमा शनिबार मात्रै करिब ४ हजार नेकपा एमालेमा प्रवेशसँगै १० हजार भन्दा बढी प्रवेश भएको एमाले केन्द्रीय सदस्य मोहमद हारूनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेमा प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्