ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१” मा नेपाललाई स्वर्ण र रजत
काठमाडौं । ढाकामा सम्पन्न अन्तराष्ट्रि स्तरको फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा समुह तौलतर्फ पुरुष खुल्ला ताैल समूहमा नेपालका सन्देश मानन्धरले स्वर्ण पदक र नेपालकै राजेन्द्र थापाले रजत पदक प्राप्त गरेका छन। त्यसैगरी महिला खुल्ला ताैल समुहमा नेपालकाे रजनि मल्ल ठकुरी स्वर्ण र नेपालकै पेम्बा लाम्हु शेर्पाले रजत पदक प्राप्त गरेका छन ।
त्यसैगरी ५५ के.जि ताैल समुहमा भारतका विवेक पाैलले स्वर्ण र भारतकै साम दिप दाईमरीले रजत पदक प्राप्त गरे। त्यस्तै ६० के.जि. ताैल समुहमा नेपालका विश्वास कर्मचार्य स्वर्ण तथा नेपालकै किशाेर कुमार डेका रजत पदक प्राप्त गरेका थिए। २७ देखि २९ डिसेम्बरसम्म संचालित उक्त कार्यक्रमकाे उद्घाटन समारोहकाे प्रमुख अतिथिमा बि.के.एस.पी. का तालिम निर्देशक काेलाेनेल माेहम्मद मिजानुर रेहमान रहेका थिए भने समापन समारोहकाे प्रमुख अतिथि बि.के.एस.पी.का अर्थ तथा प्रशासन प्रमुख माेहम्मद अन्वर हुसैन उपस्थित थिए । हुसेनले बिजेता खेलाडीहरु तथा रेफ्रिहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए । फुलकन्ट्याक्ट कराँते बिधा तर्फबाट मुख्य जुरीमा नेपालका शिहान प्रेम नाथ श्रेष्ठ , जुरी शिहान अशाेक कुमार श्रेष्ठ तथा गाेविन्द लाल श्रेष्ठ थिए भने मुख्य निर्णायकमा भारतका भाग्यश्वर कउलि रहेका थिए ।
नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघकाे तर्फबाट केन्द्रीय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठकाे नेतृत्वमा खेलाडीहरु बङ्लादेशको राजधानी ढाका प्रस्थान गरेका हुन । “अन्तर्राष्ट्रिय बि.जि. कराँते प्रतियोगिता- २०२१” मा सहभागी हुन उनीहरु २८ डिसेम्बरमा बंगलादेश, ढाका प्रस्थान गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्