दिल्लीमा समुदायमा फैलियो ओमिक्रोन भेरियन्ट
काठमाडौँ, १५ पुस । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरमा फैलिएको छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले विदेश यात्रा नगरेका व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण पुष्टि हुनुले बिस्तारै यो समुदायस्तरमा फैलिरहेको बताएका हुन् ।
उनले दिल्लीको अस्पतालमा २ सय कोरोना सङ्क्रमित भर्ती छन् । यसमा विदेशमा यात्रा गर्नेहरू पनि छन् । यसमा १०२ जना सङ्क्रमित दिल्लीकै र ९८ जना बाहिरका रहेको उनको भनाइ छ ।
उनले दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमण दर बढ्दो क्रममा रहेको उनको भनाइ छ ।
भारतमा कोरोना भाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या बढेर १३ हजार १५४ पुगेको छ । यसमध्ये ओमिक्रोनबाट सङ्क्रमित ९६१ रहेका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित छन् । महाराष्ट्रमा यो सङ्ख्या २५२ रहेका छन् ।
पछिल्लो दिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा येलो अलर्ट घोषणा गरेका थिए । यसमा कयौँ प्रतिबन्धहरू थप गरिएका छन् ।
सिनेमा घर, जिम, स्कुल, कलेज आदि बन्द गरिएको छ । तर, जुन दरमा कोरोना सङ्क्रमित बढिरहेका छन्, आगामी दिनमा स्थिति झनै खराब हुने विज्ञहरूले बताएका छन् । –एजेन्सी
क्याटेगोरी : समाचार
ट्याग : #ओमिक्रोन भेरियन्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्