Techie IT
बिहीबार, मंसीर ४,२०८३

शेषमतीको दियालो फुड ल्याण्डमा नयाँ बर्षको अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम हुँदै


काठमाडौं । तार्केस्वरको शेषमती रहेको सुबिधा सम्पन्न पार्टी प्यालेश दियालो फुड ल्याण्ड तथा रेस्टुरेन्टमा अग्रेजी नयाँ बर्षको अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

दियालो फुड ल्याण्डका संचालक बिष्णु कार्कीका अनुसार भोली बिहिबार साँझ ६ बजेबाट बिभिन्न साँस्कृतिक कार्यक्रम हुनेछ ।

कार्यक्रममा बार सहित स्वादिलो र हाजेनिक परिकारका साथमा  गायक सुरज कुमार थापा , गायिका निशा देसारको लाइभ ब्यान्ड सहितको बेजोड प्रस्तुति हुनेछ भने साथमा बरिष्ठ हास्य कलाकार उत्तम के सिको हसाउने प्रस्तुति ,गायिका मीरा कार्की र गायक आशिष कार्कीको लाइभ ब्याण्ड र बालकलाकार जोनिश अधिकारीको उत्कृष्ट डान्स सहितको विशेष प्रस्तुति हुनेछ ।

सभा समारोह, विभिन्न चाडपर्व र विवाह व्रतवन्धसहितका कार्यक्रम गर्न मिल्ने रेष्टुरेण्ट र क्याटरिङको समेत सुविधा उपलब्ध भएको दियालो फुडल्याण्डको केहि महिना अघि पूर्व रक्षामन्त्रीसमेत रहनुभएका सांसद भीमसेनदास प्रधान र कांग्रेस नेता सुरेन्द्र पाण्डेले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #दियालो फुड ल्याण्ड तथा रेस्टुरेन्ट


तपाईको कमेन्ट लेख्नुहोस्