कांग्रेस समृद्ध नेपाल निर्माणका अभियानमा लाग्नेछ : नेता बस्नेत
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताउनुभएको छ । नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका उहाँका सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा उहाँले पार्टीको १४औँ महाधिवेशनले आगामी दिनमा पार्टीको भविष्य उज्ज्वल बनाएको बताउनुभएको हो । “कांग्रेसले आगामी दिनमा तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,”उहाँले भन्नुभयो ।
कांग्रेसलाई आगामी दिनमा ठूलो, राम्रो र जनताको पीरमर्का बुझ्ने पार्टी बनाउने उहाँको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने उहाँले बताउनुभयो । नेता बस्नेतले पार्टीका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उल्लेख गर्नुभयो ।
तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा तरुण दललाई बलियो बनाउनका लागि आफ्नो साथ र सहयोग रहने उहाँको भनाइ थियो । तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले अध्यक्ष बस्नेतको जीत सिङ्गो देशभरीको तरुणको जित भएको जनाउँदै तरुणका साथीलाई आगामी दिनमा समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो । संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केन्द्रीय सदस्य जितजङ्ग बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्