श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ
चितवन । चितवनमा आफ्नै श्रीमतीको हत्याको अभियोगमा श्रीमान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्वर ६ अमरबस्ती बस्ने २२ बर्षिया अम्बिका महतोको हत्यामा संलग्न रहेको आरोपमा उनैको श्रीमान २५ बर्षिया साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
पौष ५ गते आइतबार राती आफ्नै घर छेउमा लडी घाईते भएको अवस्थामा रहेकी अम्बिकालाइ हिजो (सोमबार) बिहान आफन्तले उपचारको लागि भरतपुर अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतकको शरिरमा लागेको घाउचोट, घटनास्थलको प्रकृती हेर्दा अस्वभाविक लागी अनुसन्धान गर्ने क्रममा अम्बिका महतोलाई उनैको श्रीमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका आरोपित साजन विरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाई अघि बढाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्