भागबन्डा मिलाउन प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थाले
देशभर प्रदेश मन्त्रालयको संख्या ६९
भागबन्डा मिलाउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन् । अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ ।
प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन् । मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ । बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्याएको छ ।
प्रदेश सरकारहरूले संगठन तथा व्यवस्थापन सर्भे नगरी मन्त्रालय फुटाएका छन,जसबाट प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन नसकिएको संघीय मामिला मन्त्रालयको भनाइ छ ।
संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले प्रदेश सरकारहरूले मन्त्रालय फुटाउँदा त्यस सम्बन्धी जानकारी संघीय मामिला मन्त्रालयमा नगराएको बताए । उनले भने, ‘हामीसँग प्रशासन समूहका मौजात कर्मचारी छैनन, जबकी मन्त्रालय फुटाउने वित्तिकै फुटाएको मन्त्रालयमा कर्मचारी पठाउन सकियोस् ।’ संघीय मामिला मन्त्रालयसँग समन्वय नगरी मन्त्रालयमा पठाउँदा प्रदेश सरकारहरूले माग गरेअनुसार कर्मचारी पठाउन नसकिएको उनले बताए ।
धमाधम प्रदेश मन्त्रालय फुटे पछि सबैमा कर्मचारीको अभाव भएको छ । फुटेका मन्त्रालयहरूले केन्द्रबाट मन्त्रालयसचिव पाउन सकेका छैनन् । संघीय मामिला मन्त्रालयले प्रदेश सरकारहरूले माग गरे बमोजिम कर्मचारी पठाउन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देउवा, #प्रचण्ड, #माधव नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्