नेपाल तामाङ पत्रकार सङ्घका अध्यक्षमा योञ्जन

नेपाल तामाङ पत्रकार सङ्घका अध्यक्षमा सुवास योञ्जन चयन हुनुभएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सङ्घको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जनका अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, प्रथम उपाध्यक्ष विश्वराज तामाङ, द्वितीय उपाध्यक्ष नेत्र तामाङ, महिला उपाध्यक्ष अञ्जु तामाङ, महासचिव तीर्थराज बल, सचिव शिशिर तामाङ, उर्गेन लो तामाङ र सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन हुनुभएको छ । यस्तै १८ जनालाई सदस्यमा चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो कार्यकालमा तामाङ पत्रकारको क्षमता र मुद्दालाई अझै उचाइमा पु¥याउने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल तामाङ पत्रकार सङ्घ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्