कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी
नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याउनुभएको छ । महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बजर भएको कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।
यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी हुनुभएको छ । उहाँ दुई हजार २१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गर्नुभएको छ । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो । त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मतका साथ विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गर्नुभएको छ । आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो । कांग्रेसको सभापतिबाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कांग्रेसको १४औँ महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्