आइटीसम्बन्धी शैक्षिक मेला, तीस कलेजको सहभागिता
‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ । युनिभर्सल थट कन्सल्टको आयोजनामा आज र भोलि मेला सञ्चालन हुनेछ । मेलामा तीस कलेज सहभागी भएका छन् भने सहभागी कलेजले ५१ वटा कक्ष राखेका छन् । उक्त मेला पल्स टु सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक प्रकाश ढकालले जानकारी दिनुभयो ।
कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको उक्त मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिईलगायतका शैक्षिक विषयमा मनोविमर्शसमेत दिइने छ ।
यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयको नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिममञ्चल विश्वविद्यालयका पाँचसहित अन्य केही सहभागी रहेका निर्देशक ढकालले जानकारी दिनुभयो । नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शैक्षिक मेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्