मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै प्यानलमा पनि आफू नरहेको र आफूले स्वतन्त्ररुपमा आफ्नो मतदानको प्रयोग गर्ने बताउनुभयो ।
कांग्रेस महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम तोकिएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्न ढिलाइ भएकाले ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता छन् । यी प्रतिनिधिले आगामी चार वर्षका लागि काँग्रेसको नयाँ नेतृत्व छनोट गर्नेछन् । महाधिवेशनमा सभापतिका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्