Techie IT
बिहीबार, मंसीर ४,२०८३

सौन्दर्य सेवाका लागि बनेपा फेसियल हाउसको भब्य उद्धघाटन


बनेपा । सौन्दर्य सेवामा सर्मपीत फेसियल हाउस बनेपामा खुलेको छ । काभ्रेको प्रमुख शहर बनेपामा शनिबार भब्य समारोह बिच बनेपा फेसियल हाउसको उद्घाटन भएको हो । सौन्दर्य क्षेत्रमा एउटा चर्चीत नाम सोनी कारंजितद्धारा भब्य रुपमा उद्घाटन सम्पन्न भएको हो ।

आकर्षक तथा आधुनिक रुपमा खुलेको फेसियल हाउसमा लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको संचालक मिना लामाको भनाई छ । लामाका अनुसार टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।

करिव एक दशक सौन्दर्य क्षेत्रमा अनुभव गरेको र सिप विकास गरेर स्वदेशमै आत्मा निर्भर बन्न सिकाउँदै सुन्दरहरैचा नगरमा नयाँ तथा आधुनिक प्रविधिका साथमा राम्रो सेवा दिने सोचले ग्राहकहरुको माग र चाहाना बमोजिम बनेपा फेसियल हासप संचालन गरिएको संचालक लामाको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बनेपा फेसियल हाउस


तपाईको कमेन्ट लेख्नुहोस्