न्यायपालिका शुद्धीकरण अभियान
मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो । त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका लागि दबाब दिएका छन् ।
त्यस क्रममा समाजका पूर्वसभापति एवं अधिवक्ता होमकान्त चौलागाईं, पूर्वसभापति उत्तम पुडासैनी, सभापति गोविन्द खनाल, महासचिव रामकृष्ण बराल, काठमाडौँ शाखाका कार्यवाहक सभापति भगवान पुडासैनीलगायत मानवअधिकारकर्मीले न्यायपालिकाको शुद्धीकरण अभियानमा सहयोग गर्न राजनीतिक दललाई पनि आग्रह गर्नुभएको थियो ।
उहाँहरुले अदालत शुद्ध नहुँदा सर्वसाधारणले न्याय पाउन नसकेको आरोप समेत लगाउनुभयो । न्यायपालिका शुद्ध र पारदर्शी नभएसम्म मानवअधिकारको पालना हुन नसक्ने भएकाले यो अभियान सुरु गरिएको र यसलाई देशैभरि पुर्याइने समाजले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्