नाडा कार्यसमितिमा चौधरी प्यानलको वर्चश्व
सिर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन् ।
फोर्स मोटर नेपालका प्रमुख थापाले अटो व्यवसायी करण चौधरीलाई पराजित गर्दै जित हासिल गरेका हुन् । शुक्रबार बिहान घोषित परिणाम अनुसार थापाले १ हजार ४१३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी चौधरीले १ हजार ३४७ मत पाएका छन् ।
अध्यक्षमा थापाको जित भए पनि कार्यसमितिमा चौधरी प्यानलको वर्चश्व देखिएको छ । चुनावमा थापा र चौधरीले प्यानलनै बनाएर निर्वाचन प्रतिस्पर्धा गरेका थिए । चौधरी पराजित भए पनि १७ सदस्यीय पदाधिकारीमा चौधरी प्यानलका १२ जना विजयी हुँदा थापा प्यानलका ५ जना मात्रै विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ध्रुब थापा
अध्यक्ष थापा पक्षका निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् भने चौधरी प्यानलका राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई विजयी भएका छन् ।
नाडाको ४५औं साधारणासभा बुधबार अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नाडा कार्यसमिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्