Techie IT
शुक्रबार, वैशाख २६,२०८२

आजदेखि कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरू


मंसिर । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ ।

महाधिवेशनमा देशका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४ हजार ७०० जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् ।

महाधिवेशनमा प्रमुख दलका नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, तथा राजेन्द्र लिङ्देनलगायत नेताहरूको पनि सहभागिता रहने बताइएको छ ।

त्यसैगरी कांग्रेस महाधिवेशनमा सहभागी हुन भारत, चीनलगायतका मुलुकबाट समेत विभिन्न राजनीतिक दलका प्रतिनिधि आउँदै छन् । भारतबाट सत्तारूढ दल भाजपा र विपक्षी दल कांग्रेस आइका प्रतिनिधि आउने बताइएको छ ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि सहभागी हुने कांग्रेसले जनाएको छ । केही विदेशी पाहुना भने काठमाडौं आइसकेको पाहुना स्वागत समितिका सदस्य राजिवविक्रम शाहले जानकारी दिए ।

पार्टीको नेतृत्वका लागि भने भोलि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर, सभापतिका उम्मेदवार शेरबहादुर देउवा र प्रकाशमान सिंहले उम्मेदवारी दिने बताए पनि समूह भने निर्माण भइसकेको छैन । त्यस्तै अर्को ठूलो समूह रामचन्द्र पौडेल पक्षले पनि उम्मेदवार तय गर्न सकिरहेको छैन ।

महाधिवेशन व्यवस्थित तरिकाले सम्पन्न गर्न गठित विभिन्न उपसमिति आ–आफ्नो जिम्मेवारीका साथ कार्य गर्दै छन् ।

महाधिवेशन उद्घाटनका लागि भृकुटीमण्डपमा २५० जना अट्ने मञ्च बनाएको छ । त्यस्तै एक हजार जना स्वयंसेवक परिचालन, तीन घेराको सुरक्षा प्रबन्धलगायत व्यवस्था महाधिवेशनमा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको १४औं महाधिवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545