राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस २० गते उम्मेदवारी दर्ता

मंसिर । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलहरूले १ पुसदेखि १० सम्म दल दर्ता गर्नुपर्ने भएको छ ।
त्यसैगरी, १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । आयोगले दिएको जानकारी अनुसार १९ पुसमा मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २१ पुसमा उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका तय भएको छ ।
आयोगका अनुसार २२ र २३ पुसमा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
साथै, सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा १२ माघमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कार्यतालिका सार्वजनिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्