Techie IT
मंगलबार, असार १७,२०८२

महाधिवेशनका लागि प्रकाश मान सिंहले खोले सम्पर्क कार्यालय


काठमाडौँ, २० मंसिर । नेपाल काँग्रेसका नेता प्रकाश मान सिंहले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गर्ने भएका छन् ।

नेता सिंहले मंगलबारबाट यलम्बर पाटि प्यालेस सिंहदरवारको मुल गेट अगाडि ट्राफिक कार्यलयसँगै सम्पर्क कार्यलय स्थापना गर्ने भएका हुन् ।

नेता सिहले सबैसँग भेटघाट सहज होस् भनेर सम्पर्क कार्यालय स्थापना गरेको बताएका छन् ।

साथै उनले भोलि बिहान ८ बजेबाट सम्पर्क कार्यलयबाटै भेटघाट गर्ने पनि जनाएका छन् ।

भेटघाटमा आउन चाहने सबैलाई सम्पर्क अफिसमा उपस्थितिको लागि सिंहले अनुरोध पनि गरेका छन्


क्याटेगोरी : समाचार
ट्याग : #प्रकाश मान सिंह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:10 am7:04 pm +0545