भारतमा एकै दिन १७ जनामा देखियो ‘ओमिक्रोन’ भेरियन्ट
नयाँदिल्ली, २० मंसिर । छिमेकी मुलुक भारतमा एकै दिन १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा राजस्थानमा ९ जना र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन भाइरस देखिएको हो ।
योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको बताइएको छ ।
यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक/एक जनामा ओमिक्रोन देखिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओमिक्रोन भेरियन्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्