Techie IT
बुधबार, मंसीर ३,२०८३

कांग्रेस बागमती प्रदेश सभापतिमा जगदीश नरसिंह केसीको उम्मेदारी (१० प्रतिबद्धता सहित)


काठमाडौ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन हुन लागेको छ। हेटौंडामा हुने बागमती प्रदेश अधिवेशनमा नुवाकोटका लोकप्रिय नेता जगदीश नरसिंह केसीले प्रदेश सभापतिमा दावी गरेका छन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धनमार्फत के.सीले सभापतिको चुनाव लड्ने तयारी गरेको बताइएको छ । बागमति प्रदेश उपसभापतिको उम्मेदवार मोहन बहादुर बस्नेत रहेका छन ।

कांग्रेस बृतमा चर्चीत रहेका नेता के.सी नुवाकोटका सफल एवं बिकाशप्रेमी नेताका रुपमा परिचित छन ।

यस्तो छ वागमती प्रदेश समितिको निर्वाचनमा केसी प्यालनको प्रतिबद्धता

१) पार्टीको आन्तरिक लोकतन्त्रलाई सबल र सुदृढ बनाउने ।
२) पार्टी सङ्गठनलाई व्यवस्थित र पारदर्शी बनाउने ।
३)क्रियाशील सदस्यतालाई योगदानमा आधारित बनाई नियमित पुनरावलोकन र अद्यावधिक गर्ने, गराउने ।
४) पार्टीलाई संस्थागत निर्णय र सामूहिकताको आधारमा सञ्चालन गर्ने ।
५) पार्टीका प्रत्येक संरचनामा आवधिक तहको प्रशिक्षणको प्रबन्ध गर्ने ।
६) स्वास्थ्य, शिक्षा लगायत सामाजिक उत्तरदायित्वका विषयमा पार्टी संगठनलाई क्रियाशील गरी जनस्तरमा पार्टीको सम्बन्ध विकसित तुल्याउने ।
७) महिला, दलित, बालबालिका, युवा, आदिवासी जनजाती, विद्यार्थी, किसान, मजदुर लगायतका समुदायको उत्थानमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने ।
८) संघीय, प्रदेश र स्थानीय निर्वाचनहरूमा पार्टीका सबै संरचनाको प्रभावकारी परिचालन मार्फत सबै तहमा पार्टीको जीत सुनिश्चित गर्न पहलकदमी लिने ।
९) आफ्नो कार्यकालमा प्रदेश समितिको आफ्नै भवन निर्माण गरी पार्टीलाई भौतिक पूर्वाधार र प्रविधियुक्त बनाउने ।
१०) पार्टीको केन्द्र र जिल्लाहरूबीच निरन्तर समन्वय गरी पार्टी संगठनलाई गतिशील बनाउने ।


क्याटेगोरी : समाचार
ट्याग : #जगदीश नरसिंह केसी


तपाईको कमेन्ट लेख्नुहोस्