एमाले महाधिवेशन : नेतृत्व चयनका लागि राति ९ बजेदेखि ३ बजेसम्म मतदान हुने
चितवन, १३ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भावी नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेको छ ।
तर, एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार आज राति ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुने छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिम समयमा मतदानको तयारी थालिएको हो । उक्त मतदानमा ७२ वटा इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गरिने भएको छ ।
यसरी गरिएको मतदानको नतिजा भोलि बिहानसम्म आइसक्ने रामलक्ष्णम इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिएका छन् । एमाले महाधिवेशनमा मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसनका अनुसार कतिपय नाममा सर्वसम्मत भएकाले ७२ वटा मात्रै मेशिन प्रयोग गर्न लागिएको जनाएको छ ।
सर्वसम्मत नभएको अवस्थामा उनीहरूले १०० वटा मेशिनमार्फत मतदान गराउने पूर्वतयारी गरेका थिए । एमाले महाधिवेशनमा २ हजार २८७ जना प्रतिनिधि सहभागी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेको दशौँ राष्ट्रिय महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्