चिसो बढिरहेकाले सतर्कता अपनाउन आग्रह
नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ । उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशभर चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।
प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव छ र अधिकतम तापक्रम २१ दशमलव चार डिग्रिसेल्सियस रहेको छ । आइतबार काठमाडौँको न्यूनतम तापक्रम सात दशमलव हाराहारीमा थियो । मङ्सिरयता निरन्तर न्यूनतम तापक्रम घट्दै गएकाले बढी चिसो बढिरहेको हो । न्यूनतम तापक्रम घटे पनि हिजो र आज बिहानैदेखि पारिलो घाम लागेकाले काठमाडौँमा तुलनात्मकरुपमा कम चिसो महशुस गरिएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली हुनाका साथै गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।मङ्गलबार पनि देशभर आंशिक बदली रहने जनाइएको छ । बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली हुनसक्ने बताइएको छ ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #चिसो बढिरहेका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्