Techie IT
सोमबार, असार २३,२०८२

ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरे पछि भीम आचार्यले गराए सचिव पदमा उम्मेदवारी दर्ता


चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।

कोरोना संक्रमण भएपछि उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #भीम आचार्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:12 am7:04 pm +0545