एमालेका लागि होइन देशका लागि बहुमत ल्याउनुछः अध्यक्ष ओली
काठमाडौँ, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेका लागि नभएर देश र जनताका लागि बहुमत ल्याउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार चितवनमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
’निकट भविष्यमा प्रदेश संघीय चुनाव आउँदै छ । आम नेपाली दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु– चुनावको तयारीमा जाने छौं । जनमतबाट बहमुत ल्याउनु छ । यो देशका लागि हो । एमालेका लागि होइन’, उनले भने ।
’छिट्टै देशलाई अल्पविकासशीलबाट विकासशीलस्तरमा उठाएका छौं। दिगो विकास लक्ष्य नौ वर्षभित्रै हासिल गर्नु छ । यसका लागि एमालेको बहुमत आवश्यक छ’, ओलीले भने ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्