भन्सार एजेन्टको परीक्षामा ढिलासुस्ती
ऋषिराज भूसाल
बुटवल। भन्सार विभागले भन्सार एजेन्टको परीक्षामा ढिलासुस्ती गरेको छ । २०७८ जेष्ठ २२ गते लिखित परीक्षा हुने गरी परीक्षा कार्यक्रम तोकेको भन्सार विभागले कोभिड १९ को कारण देखाउदै गत जेष्ठ ६ गते परीक्षा स्थगित गरेको थियो ।
लोक सेवा आयोगका अन्य परीक्षा संचालन हुदा पनि परीक्षा मिति सार्वजनिक गर्न आलटाल गर्नुले भन्सार विभागको कार्यशैलीमा गम्भिर आशंका जन्माएको छ ।
भन्सार विन्दुमा मालबस्तु जाँचपासमा निकासीकर्ता, पैठारीकर्ता र भन्सार कार्यालयको सहजकर्ताको रुपमा काम गर्ने भन्सार एजेन्टले राजस्व संकलनका लागि राज्यलाई महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
यस अघि २०५६ सालमा भन्सार एजेन्टको परीक्षा भएको र त्यही जनशक्तिले हाल सम्म काम गर्दै आएको छ । विभिन्न कारणले भन्सार एजेन्टको संख्या घट्दै गएर हाल १३० जनामा सिमित हुन पुगेको छ ।
उक्त जनशक्ति हालको आयात निर्यातको कारोबारलाई हेर्दा अत्यन्तै कम देखिन्छ । करिब १० हजारको संख्यामा रहेका परीक्षार्थीको भविष्य प्रति खेलवाड गर्दै परीक्षा संचालनमा ढिला सुस्ती गर्ने कार्य खेद जनक रहेको बुटवलका परीक्षार्थी धु्रब सापकोटाको भनाई छ ।
उहाँका अनुसार परीक्षा संचालनका लागि दवाव श्रृजना गर्न अर्थमन्त्री तथा भन्सार विभागका महानिर्देशकलाई भेटेर ज्ञापन पत्र बुझाउने संघर्ष समिति गठन गर्ने र त्यतिले पनि नभए कडा संघर्षका कार्यक्रम जारी गर्ने बताउनु भयो ।
यस अघि पनि २०६९ सालमा भन्सार एजेन्टको परीक्षाको दर्खास्तमा माग गरिएकोमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो भने उक्त रिटको फैसला २०७२ फाल्गुणमा भएको थियो । यस पटक पनि सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त रिट सर्वोच्च अदालतले २०७८ भाद्र २१ गते खारेज गरेर परीक्षाको बाटो खोलिदिदा समेत भन्सार विभाग परीक्षा गराउन आलटाल गरिरहेको छ ।
भन्सार एजेन्टको परीक्षामा सहभागी भई परीक्षा दिन पाउने हकबाट बन्चित गराउदा आफुहरुलाई मानसिक तनाव साथै समय र श्रमको समेत अवमूल्यन भएकाले यथासक्य छिटो कानुन सम्मत परीक्षा संचालन गर्न भन्सार एजेन्ट परीक्षार्थीले माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भन्सार एजेन्टको परीक्षामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्