अखाद्य वस्तु बेच्नेलाई कानूनी दायरामा ल्याउन माग
अखाद्य वस्तु बेच्ने क्याटरिङ व्यवसायीलाई कानूनी दायरामा ल्याउन कुनै पनि कञ्जुस्याइँ गर्न नहुनेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र इभेन्ट एण्ड भेन्यु एशोसियसन अफ नेपालले आज संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले अखाद्य पदार्थ बेच्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
“नियतवश, जानाजानी र खराब खाना हो भनेर कुनै पनि आधिकारिक संस्थाले प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारवाही गर्नुपर्दछ”, पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले भन्नुभयो ।
अखाद्य वस्तु बेच्ने, मानव स्वास्थ्यमा खेलबाड गर्नेलाई सरकारी निकायले कारवाही गरेमा व्यवसायीले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । कुनै एक व्यवसायीको गल्तीले हजारौँ व्यवसायीको अर्बौंको लगानी डुब्न जानेतिर सबैको ध्यान जानुपर्दछ पाण्डेले भन्नुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले व्यवसायीले पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालन गर्दा स्वच्छ खाना तथा खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
कार्यशालामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका भगवान् श्रेष्ठ, खगेन्द्रराज जोशी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका ईश्वर सुवेदीले क्याटरिङ र पार्टी प्यालेसले के कसरी खाद्य वस्तुलाई स्वच्छ बनाउने र त्यसका लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँका १५० क्याटरिङ र पार्टी प्यालेस व्यवसायीको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अखाद्य वस्तु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्