Techie IT
बुधबार, मंसीर ३,२०८३

काँग्रेसका सक्रिय नेता सापकोटाको महाधिवेशन प्रतिनिधिका उम्मेद्वारी


नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहेर कार्यकौशलता प्रदर्शन गरेका सानुभाई सापकोटाले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्लातर्फ) उम्मेद्वारी दिएका छन् ।

मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनका लागि सापकोटाले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका हुन् । मंसिर ६ मा हुन गईरहेको क्षेत्रिय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेद्वारी दिएका उनले आफुलाई मत दिएर विजयी बनाउन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

सापकोटा यसअघि नै काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको महासचिव भएर काम गरेका व्यक्ति हुन् ।

त्यसबाहेक श्रम तथा ट्रेड युनियन विभागको केन्द्रीय सदस्य र काठमाडौ क्षेत्र नं. ६ को क्षेत्रीय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख रहेर पार्टीमा सक्रिय राजनीतिक गरिरहेका छन् ।

सापकोटा ढुक्क बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र नमुना टोल सुधार समितिको अध्यक्षसमेत हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का क्षेत्रिय प्रतिनिधिहरुलाई सापकोटाले लगनशिलता, उमेर र सक्रियतालाई मूल्यांकन गरि महाधिवेशन प्रतिनिधिमा विजयी गराउन अनुरोध समेत गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्