स्थापनाकालदेखि सक्रिय राजनीतिमा रहेका लामिछाने महाधिवेशन प्रतिनिधिका उम्मेद्वार
स्थापनाकालदेखि नै नेपाली काँग्रेस काभ्रेस्थलीको राजनीतिमा सक्रिय रहेका परशुराम लामिछानेले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका छन् ।
मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनका लागि लामिछानेले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका हुन् । मंसिर ६ मा हुन गईरहेको क्षेत्रिय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं। ६ बाट उम्मेद्वारी दिएका उनले आफुलाई मत दिएर विजयी बनाउन पनि नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।
२०३६ सालदेखि प्रजातन्त्रका लागि पार्टीको संगठन विस्तारमा लागिपरेका लामिछानेले सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन् । २०४७ को संविधान जारी गर्दा काभ्रेस्थलीमा पार्टी ईकाई गठन गरि आफ्नै घरमा कार्यालय सञ्चालन गरेका उनले पञ्चायतका विरुद्ध लड्ने काम समेत गरेका थिए । पञ्चायतको दबदबा रहेका बेला उनले विभिन्न दबावलाई उछिन्दै जरंखु भेडिगोठ हुँदै काभ्रेस्थलीसम्मको मोटरबाटो निर्माण गर्दा आर्थिक र भौतिक सहयोग गरेका थिए ।
समुदायस्तरमा काभ्रेस्थली प्राथमिक विद्यालयको संचालक समितिमा लामिछाने आएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार आएको थियो । लामिछानेको पहलमा विद्यालयले आफ्नै भवन पाएपछि पठनपाठनमा सहजता स्थानीयहरु बताउँछन् ।
त्यसबाहेक ज्ञानोदय प्राथमिक विद्यालय र कालीदेवी उच्च माबीको कोटा स्वीकृत गराउन पनि लामिछानेले सशक्त पहल गरेका थिए ।
काभ्रेस्थलीमा खानेपानी ट्याङकी निर्माणका लागि संरक्षकको हैसियतले संसद् विकास कोष र स्थानीयबाट रकम संकलन गरि लामिछानेले ८८ घरधुरीमा पानी वितरण गरेका थिए । जसबाट अहिलेसम्म स्थानीय लाभान्वित भएका छन् । विभिन्न लिंक रोड बनाउन योगदान पु¥याएका लामिछाने नेपाली काँग्रेस र जनताको सेवामा समर्पित हुँदाहुँदै हाल जेष्ठ नागरिक बनिसकेका छन् । तर पनि अझै काँग्रेस र जनताको सेवामा कटिबद्ध हुने अठोटसहित उनी महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका हुन् ।
यसैकारण उनले काठमाडौं निर्वाचन क्षेत्र नं। ६ का क्षेत्रिय प्रतिनिधिहरुलाई लगनशिलता, उमेर र सक्रियतालाई मूल्यांकन गरि महाधिवेशन प्रतिनिधिमा विजयी गराउन अनुरोध गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #महाधिवेशन प्रतिनिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्