शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै उहाँले शैक्षिक थलोमा प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीले राजनीतिक विचारको प्रवेश गराउन नहुने बताउनुभयो ।
सोही क्याम्पसका पहिलो प्रिन्सिपलका रुपमा समेत कार्य गर्नुभएका उहाँले शिक्षक वा विद्यार्थीले सफलता प्राप्तिका लागि आफैँभित्र प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो । क्याम्पस प्रमुख डा गोलमान गुरुङले क्याम्पसबाट लाखौँ विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरिसकेको उल्लेख गर्दै भन्नुभयो, “पठनपाठनमा वैचारिक कुरा ल्याउन हुँदैन ।” कार्यक्रममा सहायक क्याम्पसप्रमुख ईरा श्रेष्ठ, प्रा डा षडानन्द पौडेल, प्राध्यापक सङ्घ एकाइ उपसभापति डा कल्पना लुइँटेल, आरएमसी प्रमुख यादवमणि उपाध्याय, अनुसन्धानकर्ता मुक्ति रिजालले अन्तर्राष्ट्रिय स्तरको यस जर्नलले निरन्तरता पाओस् भनी शुभकामना दिनुभयो ।
ओपन एसेस–ब्लाइन्ड रिभ्यू जर्नलका रुपमा रहेको अद्र्धवार्षिक ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’ प्रिन्ट र अनलाइन दुवै स्वरुपमा उपलब्ध छ । जर्नलको प्रधान सम्पादकमा डा रामहरि शर्मा लम्साल तथा सम्पादकद्वयमा जमुना श्रेष्ठ र गणेशदत्त पन्त हुनुहुन्छ । जर्नलमा विभिन्न १८ अनुसन्धानमूलक लेख प्रकाशित छन् । विसं २०१६ मा स्थापित सो क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायका स्नातक स्नातकोत्तर कार्यक्रम बिहानी, दिवा र रात्रि सत्रमा सञ्चालित छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #शिक्षा र स्वास्थ्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ३टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ४नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ५तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ६टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ७तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ८टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
तपाईको कमेन्ट लेख्नुहोस्