गोकर्णेश्वर र कागेश्वरी मनोहराका किसानलाई भैँसीका पाडा/पाडी र बाख्रा
राजधानीको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न परिवारलाई कृषि एवं पशुपालनमा आकर्षित गर्ने उद्देश्यले भैँसीका पाडा/पाडी र बाख्रा वितरण गरिने भएको छ । पशु सेवा कार्यालय नयाँपाटीमा आयोजित किसान अन्तरक्रियामा वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश सांसद रामेश्वर फुयाँलले भैँसी पालन कम हुँदै गएको अवस्थामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई भैँसी पकेट क्षेत्रका रुपमा जोगाइ राख्नका लागि पाडा/पाडी वितरण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
वाग्मती प्रदेश सरकारले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा ‘ख’ का गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका अति विपन्न किसान परिवारलाई पाडा÷पाडी र बाख्रा अनुदानमा उपलब्ध गराउन रु ५० लाख विनियोजन गरेको सांसद फुयाँलले जानकारी दिनुभयो ।
स्थानीय जनप्रतिनिधिले कृषि र पर्यटनमार्फत उत्पादन एवं रोजगारी वृद्धि गर्न अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिलो चरणमा गोकर्णेश्वर नगरपालिकाका वडा न. १, २, ३, ४, ६, ७ र ८ तथा कागेश्वरी मनोहरा नगरपालिकाका १, २ र ३ वडाका अति विपन्न किसान परिवारलाई ९० प्रतिशतसम्म अनुदानमा पाडा÷पाडी र बाख्रा वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि किसानले समूह गठन गरी वडा कार्यालयमा दर्ता गर्नुपर्छ ।
सम्बन्धित वडा कार्यालयले अति विपन्न कृषक भनी गरेको सिफारिसका आधारमा पाडा/पाडी र बाख्रा वितरण गरिने उहाँले बताउनुभयो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एशियन बफेलो एशोसियशन र इन्टरनेशनल बफेलो फेडेरेशनको आयोजनामा कात्तिक ८ देखि १२ गतेसम्म भर्चुअल रुपमा भएको एशियन भैँसी विज्ञको सम्मेलनमा १७ देशका भैँसी विज्ञले ७ विधामा १३५ बढी कार्यपत्र प्रस्तुत गरेका थिए ।
दशौँ एशियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा डा भूमिनन्दन देवकोटाले नेपालमा दूग्ध उत्पादनमा भैँसीले करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले नेपाल एशियामै भैँसी उत्पादनमा चौँथोँ स्थानमा रहेको जानकारी दिनुभयो ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #किसानलाई भैँसीका पाडा/पाडी र बाख्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्