रक्षामन्त्री ईश्वर पोखरेलद्वारा बूढानीलकण्ठको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिकरुपमा प्रतिस्पर्धा भए तापनि विकासका मुद्दामा सबै राजनीतिक दल तथा जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नमूना पर्यटकीय ग्रामको घोषणा कार्यक्रममा मन्त्री पोखरेलले ‘यो पार्टीले यसो ग¥यो ऊ पार्टीले त्यसो ग¥यो भनी जनप्रतिनिधिमाथि धावा बोल्नु हुँदैन’ राख्नुभयो ।
मन्त्री पोखरेलले विकास निर्माणको क्रममा विरोधी भावना नराखी सरकार पक्ष तथा प्रतिपक्षी दलका जनप्रतिनिधिलाई एकआपसमा मिलेर गर्न आग्रह गर्नुभयो । विकास कुनै पार्टी विशेष नहुने भन्दै मन्त्री पोखरेलले विकास, जनताको सेवा, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राम्रो कुराको आवरणमा गलत कामहरु हुनुहुँदैन, कहीँकतै चुक्नु हुँदैन ।” विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै वर्तमान सरकार अघि बढिरहेको बताउँदै मन्त्री पोखरेलले संविधानलाई कार्यान्वयन गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठको ‘जगडोल प्रवेशद्वार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्