आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तयारी गर्ने
कात्तिक । सत्तापक्षीय पाँच दलीय गठबन्धनले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तयारी गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार, संयुक्त चुनावी गठबन्धनका लागि ११ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । समितिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका तर्फबाट माधव नेपाल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र जनमोर्चाबाट चित्रबहादुर केसी र सांसद दुर्गा पौडेल रहेका छन् । समन्वय समितिको पहिलो बैठकको नेतृत्व भने रामचन्द्र पौडेलले गर्ने बुझिएको छ ।
सरकारलाई सघाउन गठित समितिमा प्रत्येक दलबाट दुई दुई जना सदस्य रहने र सरकारको तर्फबाट प्रवक्ता कार्की रहने जनाईएको छ। समन्वय समितिले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई धक्का दिने गरी तयारी गर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्