कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन् ।
बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ ल्याउने तीन हजार ३७३, ‘सी’ प्लस’ ल्याउने नौ हजार ७५१, ‘सी’ ल्याउने २१ हजार ५७४ र ‘डी प्लस’ ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड ‘डी’ ल्याउने १० हजार ४४७ र ‘ई’ ल्याउने सात हजार ५७७ छन् ।
परीक्षामा ‘डी प्लस’ वा सोभन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । सो व्यवस्थाअनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार २२७ जना मात्र सहभागी भएका थिए । यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिनअघि सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ । बोर्डले गत भदौ १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्