लक्ष्मीपूजामा बिजुली नजाने गरी प्राधिकरणको तयारी
काठमाडौँ, १८ कात्तिक । नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन बेलुकी कतै पनि बिजसली नजाने गरी तयारी गरेको छ ।
जसका लागि प्राधिकरणले मर्मत टोली तयारी अवस्थामा व्यवस्था गरेको छ ।
आजको दिन विशेष भएको बताउँदै प्राधिकरणले सम्पूर्ण मर्मतसहितका कार्यहरु सकेर सञ्चालन गरिएको जनाएको छ ।
कतै प्राविधिक समस्या आएर लाइन जाने सक्ने भएकाले सबै ‘नोलाइट’को मर्मत टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले बताएको छ ।
कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिमले मर्मत गरिहाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । यस वर्षको तिहारमा करिब देशभर १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लक्ष्मीपूजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्