Techie IT
मंगलबार, जेठ ७,२०८२

लक्ष्मीपूजामा बिजुली नजाने गरी प्राधिकरणको तयारी


काठमाडौँ, १८ कात्तिक । नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन बेलुकी कतै पनि बिजसली नजाने गरी तयारी गरेको छ ।

जसका लागि प्राधिकरणले मर्मत टोली तयारी अवस्थामा व्यवस्था गरेको छ ।

आजको दिन विशेष भएको बताउँदै प्राधिकरणले सम्पूर्ण मर्मतसहितका कार्यहरु सकेर सञ्चालन गरिएको जनाएको छ ।

कतै प्राविधिक समस्या आएर लाइन जाने सक्ने भएकाले सबै ‘नोलाइट’को मर्मत टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले बताएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिमले मर्मत गरिहाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । यस वर्षको तिहारमा करिब देशभर १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #लक्ष्मीपूजा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:10 am6:49 pm +0545