Techie IT
सोमबार, वैशाख १४,२०८३

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान


वीरेन्द्रनगर, १६ कात्तिक । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका छन् ।

मंगलबार साँझ साढे ७ बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएको प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलले बताए । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

कांग्रेससँग भएको सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नयाँ मुख्यमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्