बालाजु तरकारी वजारका केही सटरको सक्झौता खारेज
पुकार तिमलसिना
काठमाडौं – कृषि तथा पशुपक्षी मन्त्रालयले बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको छ।
सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
खारेजीमा पर्नेमा थोक, खुद्रा, माछा बजार, केज भण्डार, फलफूल पसल छन् । फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन नियमविपरीत सञ्चालन गरेकालाई कारबाही गरेको मन्त्रालयले जनाएको छ ।
बजारमा भएको कालोबजारी नियन्त्रण गर्न कानुनत अख्तियारी पाएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीमाथि आक्रमण गरेपछि सरकार आक्रामक रुपमा प्रस्तुत भएको हो । बिचौलियाले सटर महंगोमा बिक्री गर्दा त्यसको असर उपभोक्तालाई परेको सरकारी अधिकारी बताउँछन् । न्यून मूल्यमा भाडामा रहेका सटर वास्तविक पसल गर्नेले महंगोमा बिक्री गर्दा त्यसको मूल्य तरकारी तथा फलफूलमा जोड्ने गरेका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु तरकारी वजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्