हस्तकला व्यापार मेला मङ्सिर ३ देखि हुने

हस्तकला व्यापार मेला आगामी मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल हस्तकला महासङ्घले विगतका वर्षजस्तै यस वर्ष पनि १८औँ हस्तकला व्यापार मेला एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो ।
महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले मेलामा नेपाली हस्तकलाका १२० कक्ष रहने जानकारी दिनुभयो ।
उहाँले नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्न मेला आयोजना गरिएको बताउनुभयो । मेलामा ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ ।
मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #व्यापार मेला, #हस्तकला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्