तीन पत्रकार पुरस्कृत
श्रम रोजगार पत्रकार समूहले श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने उत्कृष्ट तीन पत्रकारलाई पुरस्कृत गरेको छ । समूहले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी पत्रकारत्रय अमृता अनमोल (कान्तिपुर), रमेश भारती (शिलापत्र) र अनिल अधिकारी (साझा सवाल) लाई पुरस्कृत गरेको हो ।
श्रम रोजगार पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित पत्रकार अनमोलले रु ३० हजार, भारतीले रु २० हजार र अधिकारीले रु १० हजार प्राप्त गर्नुभएको छ । उहाँहरुलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा आयोगका अध्यक्ष मगरले सञ्चारकर्मी मानवअधिकार रक्षकसमेत भएको हुँदा मानवअधिकार हननका विषयमा सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताउनुभयो ।
आप्रवासी कामदारका पक्षमा आयोगले विभिन्न क्रियाकलाप गर्दै आएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधान गर्न सबै पक्षको ध्यान जानुपर्ने बताउनुभयो । श्रम मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेले सरकार स्वदेशमै रोजगारी सिर्जनामा जुटेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले श्रम गन्तव्यको विविधिकरण गर्नुको विकल्प नरहेकाले वैदेशिक रोजगारीमा गुणात्मक सुधारको खाँचो औँल्याउनुभयो । समूहका अध्यक्ष सुनिल न्यौपानेले पत्रकारको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार पुरस्कृत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्