साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

८ कात्तिक :
साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो ।
उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् । तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयाँै वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन् ।
उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #साउदी अरेरिबाया, #सैन्य विमानद्धारा यमनमा लगातार बमबारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्