बादल नेतृत्वको दशाैँ महाधिवेशन मुल व्यवस्थापन कमिटी गठन
कात्तिक । नेकपा एमालेले नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दशाैँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन कमिटी गठन गरेको छ ।
बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले मुल व्यवस्थापन कमिटी गठन गरेको हो ।
महाधिवेशन सफल पार्न सातै प्रदेशका एक–एक जना प्रतिनिधि नछुट्ने गरी २१ सदस्यीय कमिटी गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीले मुल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावललगायत रहेका जनाएका छन् ।
एमालेले आगामी मंसिर १० देखि १२ सम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #रामबहादुर थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्