संखुवासभाका दुई पत्रकारलाई मनराम-एसकाज पत्रकारिता पुरस्कार प्रदान
काठमाडौ, २ कात्तिक- मनराम-एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका दुई पत्रकारलाई प्रदान गरिएकाे छ ।
अाज संखुवासभा काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज)ले काठमाडौंमा एक कार्यक्रमकाे अायाेजना गरी मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७७ नयाँ पत्रिका संखुवासभा संवाददाता नवीन गुरूङलाई प्रदान गरेको हो भने मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७८ पाख्रीबास एफएमका स्टेसन म्यानेजर प्रेमप्रसाद निरौलालाई प्रदान गरिएको छ । मनराम प्रतिष्ठान र एसकाजको संयुक्त पहलमा २०७३ मा स्थापित पुरस्कार हरेक वर्ष संखुवासभामा रहेर पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारलाई प्रदान गरिँदै आएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार यसअघि गंगा बिष्ट, इन्द्र गिरी, दीपेन्द्र शाक्य र कृष्णराज शाक्यलाई प्रदान गरिएको छ । गत वर्ष कोभिड– १९ का कारण कार्यक्रम गर्न नसकिएकाले दुवै वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको एसकाजका अध्यक्ष शंकर खनालले बताए ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #एस्काज संखुवासभा, #मनराम पत्रकारिता पुरस्कार, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्