राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ ।
आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ ।
सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ । जिल्लाका हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कात्तिक १५ गतेसम्म, प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्