उपेन्द्रविरुद्ध सर्लाहीमा पनि विशाल प्रदर्शन

असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्री बनाउने क्रममा आफ्ना गुटका ‘यादव’ जातीलाई मात्रै सिफरिस गरेपछि शुरु भएको प्रदर्शन सर्लाहीसम्म पुगेको छ ।
उपेन्द्रले प्रत्यक्ष निर्वाचित र राम्रा सांसद एवम् नेताहरूलाई मन्त्री नबनाएर गुटभित्रका ‘धुपौरे’हरूलाई बनाएपछि जसपामा बबण्डर मच्चिएको छ । उपेन्द्रको हर्कतविरुद्ध सर्लाहीको बयलबासमा जसपाका कार्यकर्ताले मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरू सर्लाही– १ बाट निर्वाचित सांसद प्रमोद साहका समर्थक हुन् । साहलाई मन्त्री नबनाएको झोँकमा कार्यकर्ताले उपेन्द्रको कर्मकाण्ड गरेका हुन् ।
प्रदर्शनकारीहरूले उपेन्द्रलाई असहयोग गर्ने जनाएका छन् । उनीहरूले उपेन्द्र यादव– मुर्दावाद, प्रमोद साह जिन्दावाद, यादवको मात्रै जातीय राजनीति बन्द गर, उपेन्द्र कुत्ता, काला नाग मुर्दावाद जस्ता नाराहरू लगाएका थिए ।
सर्लाही जिल्ला क्षेत्र नं. १ बाट साह तत्कालीन राजपाबाट शानदार मतका साथ निर्वाचित भएका थिए । राजपामा हुँदा महन्थ ठाकुरले साहलाई मन्त्री दिएका थिएनन् । मन्त्री बन्न ठाकुरलाई छाडेर उपेन्द्रको पछाडि लाग्दा पनि साहलाई धोका भएको छ ।
साहका समर्थकहरूले उपेन्द्रले मन्त्री नबनाएर ठूलो अन्याय गरेको भनेर प्रदर्शन गरेका छन् ।
यसअघि, पर्साको वीरगञ्जमा पनि उपेन्द्रविरुद्ध ठूलो प्रशर्दन भइसकेको छ । उपेन्द्रलाई फोन गरेर तराईका कार्यकर्ताले गालीगलौज गरेपछि मोबाइल फोन अफ गरेर बसेका छन् । आलोचना भएपछि उपेन्द्र सम्पर्क विहीन भएका छन् ।
जसपाका नेता एवम् सांसद प्रदीप यादवका समर्थकले वीरगञ्जमा उपेन्द्रका विरुद्ध प्रदर्शन गरेर जुरुक्कै उचालेका छन् ।
मन्त्री सिफारिससँगै उपेन्द्र यादवको दिनगन्ती शुरु भएको छ । उपेन्द्र यादवले फेरि एक पटक आफ्नो अनुदार र निरंकुश जातीवादी चरित्र देखाएका छन् । उपेन्द्रले आफूलाई सुधार्न सकेका छैनन् । उनको यो हर्कतले तराई मधेशका लाखौँ कार्यकर्ताको मन भाँच्चिएको छ ।
चीनसँग निकट रहेको आरोप खेप्दै आएका उपेन्द्रलाई कार्यकर्ताले तराईका जिल्लाहरूमा छिर्न नदिने समेत चेतावनी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्