बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्वासको मत लिने

गमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले यही २४ असोजमा विश्वासको मत लिने भएकी हुन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्री केशवराज पाण्डेले २४ असोज दिनको ३ बजे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार अब आह्वान हुने अधिवेशनमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछन् ।
एमालेको एकल बहुमत रहेको बाग्मती प्रदेशमा १३ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेर सरकार संचालन गरिरहेकी छन् । मुख्यमन्त्री शाक्यको दल एमालेका ४३ जना सांसदको साथ बाग्मती सरकार संचालन भइरहेको हो ।
पार्टी विभाजनको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री शाक्यले नवौँ अधिवेशनमार्फत विश्वासको मत लिने तयारी थालेको भए पनि उनले विश्वासको मत पाउने अवस्था अहिले छैन ।
प्रदेशसभामा अहिले १०९ जना सांसद रहेका छन् । एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का दुई र स्वतन्त्र सांसद एक जना रहेका छन् ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफ्नै पार्टी एमालेबाहेक अरूसँग भरपर्ने अवस्था भएको बताइएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन असफल हुने र आफूहरूको सरकार बनाउने विपक्षी गठबन्धनको तयारी छ ।
विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले आफूहरूमध्येबाट नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । उनीहरूका अनुसार गठबन्धनमा ५९ मत रहेको छ । सरकार बनाउनका लागि ५५ मत आवश्यक पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अष्टलक्ष्मी शाक्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्