Techie IT
बुधबार, मंसीर ३,२०८३

एमालेको दशौँ महाधिवेशन बुटवलमा गर्ने घोषणा


काठमाडौँ, १७ असोज । नेकपा एमाले पार्टीको दशौँ महाधिवेशन बुटवलमा आयोजना गर्ने घोषणा गरेको छ ।

पार्टीले मंसिरमा हुने पार्टीको दशौँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको हो ।

शुक्रबारदेखि पार्टीको प्रथम विधान महाधिवेशनमा यस्तो घोषणा गरिएको हो ।

साथै, विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पारित भएको छ । महाधिवेशनमा पार्टीको संशोधित विधान पनि पारित भएको छ ।

यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ

। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो ।

समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले अन्त्यमा ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #एमालेको दशौँ महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्