बस दुर्घटना हुँदा एक जनाको मृत्यु पाँच जना घाइते
चितवनको भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना५ख २ नंको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
विवाहका लागि जन्ती बोकेर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करीब पाँच मिटर तल पल्ँिटदा बसमा सवार चितवन निवासी १७ वर्षीय सन्देश खड्काको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा चितवन भरतपुर महानगरपालिका निवासी २३ वर्षीय सरोज थापा, नवलपरासी गैडाकोट–४ निवासी २८ वर्षीया शान्ति गुरुङ, सोही ठाउँका २१ वर्षीया गङ्गा थापा, ४३ वर्षीया नरमाया थापा र ५५ वर्षीया दुर्गा पुन घाइते भएका छन् । घाइतेमध्ये सरोजको शुक्लागण्डकीस्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको र शरीरमा चोट लागेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्