१० बुँदे कार्यान्वयन कार्यदलको संयोजकमा रावल
नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकमा १० बुँदे कार्यान्वयनका विषयमा छलफल भएको हो ।
धेरै ठाउँमा समस्या भएपनि हल भएको र १० बुँदे सहमति कार्यान्वयन गर्न पुरानै कार्यदलले कार्य सम्पादन गर्ने एमाले अध्यक्ष केपी ओलीले निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले पहिले निर्माण गरिएको कार्यदलमा शङ्कर पोखरेललाई थप गर्ने र संयोजन गर्ने जिम्मा उपाध्यक्ष भीम रावललाई दिने निर्णय गरेको उनले बताएका छन् ।
कार्यदलमा पहिलेदेखि नै ६ जना रहेको र त्यसमा एक जना शङ्कर पोखरेललाई थप गरी सात बनाइएको बताउँदै भट्टराईले यही कार्यदलले एमाले भित्र देखिएका सम्पूर्ण विवादहरूलाई समाधान गर्ने अख्तियारी पाएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्