कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन

नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लाको वडा अधिवेशन आज हुने भएको छ । आज हुने अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । आज वडा अधिवेशन हुने जिल्लाहरूमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै सोमबार उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् ।
कांग्रेसले समयमै क्रियाशील सदस्यताको टुंगो नलगाउँदा आज गर्ने भनिएको १३ जिल्लाको वडा अधिवेशन भने सुरु भएको छैन । समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले ९ असोजमा गर्ने भनेको पालिका अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि पालिका अधिवेशनका मतदाता हुन्छन् ।
राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।
कांग्रेसले गाउँरनगरपालिका अधिवेशन असोज गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्