विश्वमा आजः जापानद्वारा चीन पराजित ,अमेरिकी गृहयुद्धको रक्तपातपूर्ण दिन
आज सेप्टेम्बर १७ । आज चीन–जापान युद्धमा चीनको पराजयदेखि अमेरिकी गृहयुद्धमा भंयकर रक्तपात भएको थियो । त्यस्तै, आजबाटै युरोपेली मुलुक फिनल्यान्डको वर्षौं लामो युद्ध अन्त्य भएको थियो । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः
क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर
सन् १९७८ मा इजिप्टका तत्कालिन प्रधानमन्त्री अनवर एल सादत र इजरेली प्रधानमन्त्री मेनाचेम विगीनले अमेरिकाको क्याम्प डेभिडमा भएको एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् १९७९ मा इजिप्ट र इजरेलबीच भएको एतिहासिक शान्ति सम्झौता नै क्याम्प डेभिड हस्ताक्षरको परिणाम थियो । सोही सम्झौताका लागि अनवर र विगीनले नोवेल शान्ति पुरस्कार पाएका थिए ।
आधा घन्टामा १० हजार मिटर दौड
सन् १९३९ मा फिनल्यान्डका धावक ताइस्तो माकीले २९ मिनेट ५२ सेकेन्डमा १० हजार मिटर दौडेर म्याराथुनको इतिहासमा पहिलो विश्व रेकर्ड राखेका थिए ।
जापानद्वारा चीन पराजित
प्योङयाङ युद्ध जितेको भोलिपल्ट जापानले चीनमाथि विजय हाँसिल गरेको थियो । व्याटल अफ दी येलो सि भनिने सो युद्धमा जापान र चीनका सेनाबीच भीषण लडाइँ भएको थियो ।
अमेरिकी गृहयुद्धको रक्तपातपूर्ण दिन
सन् १८६२ मा अमेरिकाको म्यारिल्यान्डमा गृहयुद्ध भएको थियो । १७ सेप्टेम्बरलाई म्यारिल्यान्ड युद्धको रक्तपातपूर्ण दिन मानिन्छ । सोही दिन मात्र ४ हजारको मृत्यु भएको थियो ।
फ्रेडरिक्साम सम्झौतामा हस्ताक्षर
सन् १८०९ मा स्वीडेन र रसियाबीच फ्रेडरिक्साम सन्धीमा हस्ताक्षर भएको थियो । सो सन्धीले फिनल्यान्ड युद्ध अन्त्य भएको थियो ।
क्याटेगोरी : देश परदेश
ट्याग : #अमेरिकी गृहयुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्