प्रचण्डका कारण कांग्रेसलाई धक्का , गठबन्धनको सरकार निरिह
काठमाडौं, ३१ भदौ । सरकार गठन भएको झण्डै दुई महिना भइसकेको छ । नेपाली कांग्रेसको गठबन्धनको सरकार निरिह बनेको छ । मन्त्रीहरू बन्न पाएका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घुमाउन थालेका छन् । प्रचण्डले असहयोग गरेकै कारण देउवाले दुई महिनासम्म मन्त्रिपरिषद समयमा विस्तार गर्न सकेका छैनन् ।
कांग्रेसलाई माओवादीसँगको गठबन्धन कहिल्यै पनि सहयोगी हुन सकेको छैन । विगतमा पनि प्रचण्डले कांग्रेसलाई धोका दिँदै आएका हुन् । यस पटक पनि प्रचण्डले कांग्रेसलाई धोका दिने पक्का जस्तैछ । प्रचण्डले अहिले माओवादी पार्टी विघटनको कुरा गरिरहेका छन् । उनले पार्टी नै विघटन गरेर के गर्न खोजेका हुन् ? कारण भनेका छैनन् । विगतमा माओवादी पार्टी विघटन गर्ने भनेका प्रचण्डले एमालेसँग अचानक कथित बामगठबन्धन बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । पछि एमालेसँग पार्टी एकीकरण गरेर नेकपा बनाए ।
व्यक्तिगत स्वार्थका कारण नेकपा भन्ने पार्टी धेरै दिन अगाडि बढ्न सकेन । अहिले पनि प्रचण्डले पार्टी विघटनको कुरा अगाडि बढाइरहेका छन् । केपी ओलीसँग प्रचण्डले पार्टी एकीकरण वा बाम गठबन्धन गरे भने आश्चर्य नमाने हुन्छ । प्रचण्डलाई माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकीकरण गरेर खासै सहयोग हुनेछैन ।
प्रचण्डलाई सबैभन्दा उपयुक्त भनेको एमालेनै हो । प्रचण्डले अब संगठन गरेर हिँड्ने पक्षमा छैनन् । माओवादीको नेतृत्व प्रचण्डले भन्दा अरुले अगाडि बढाउन सक्दैनन् । माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्माले मात्रै नेतृत्व दिने हैसियत र क्षमता राख्छन् । प्रचण्डले उनीहरूलाई अहिले नै पार्टीको नेतृत्व दिन चाहँदैनन् ।
बरु कांग्रेससँग सत्ता सहकार्य गरेर आफू अनुकूलका निर्णय गरे गतिविधि गरेर जाने पक्षमा प्रचण्ड देखिएका छन् । अन्तिम समयमा प्रचण्डले कांग्रेसलाई धोका दिने कुरा पक्का छ । कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई यो कुरा राम्रोसँग जानकारी छ । देउवाले प्रचण्डलाई किन विश्वास गरिरहेका छन् । रहस्यको विषय छ ।
देउवालाई प्रचण्डले निरिह बनाएको चर्चा पनि छ । माधव नेपालको एकीकृत समाजवादी र उपेन्द्र यादवको जसपाका बाहेक कांग्रेस र माओवादीका मन्त्रीहरूलाई लिएर मन्त्रिपरिषद विस्तार गर्न पनि सकिन्थ्यो ।
प्रचण्डको असहयोगले त्यो पनि समयमा हुन सकेन । एमालेले यो विषयलाई जोडतोडले उठाइरहेको छ । देउवाले आफूलाई कहाँबाट असहयोग भइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ । माधवकुमार नेपाल सहयोगी छन् । ओलीका कारण तनावमा रहेका नेपाललाई समस्या हुनु स्वभाविक हो । प्रचण्डलाई समस्या छैन । प्रचण्डले कांग्रेस र प्रधानमन्त्री देउवा सफल भएको देख्न चाहेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धनको सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्